Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइसिसी विश्वकप लिग–२ : अन्तिम सिरिज बिहिबारबाट किर्तिपुर मैदानमा

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– 'आइसिसी विश्वकप लिग–२' अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहिबार (भोलि)बाट नेपालमा आयोजना हुदैछ ।

नेपाल, युएई र पपुवा न्युगिनी पीएनजी बीचको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखला किर्तिपुर मैदानमा हुन लागेको हो । 

उक्त श्रृंखलाबाट तेस्रो, चौथो र पाँचौं स्थानमा रहने टोलीको तय हुनेछ । घरेलु मैदानमा हुन लागेको श्रृंखलामा नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २–२ खेल खेल्नेछ । नेपालले यी चार खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन विश्वकप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । 

खेल अघि तीनै टोलीले तालिकामा अंक सुधार गर्ने लक्ष्यका साथ खेल प्रदर्शन गर्ने बताएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टे देशाइले अन्तिम सिरिज कठिन भएपनि जीतको लक्ष्यका साथ मैदान उत्रने बताए । उनले बिहीबारको खेलमा सम्पूर्ण ध्याक केन्द्रीत रहेको बताउनुभयो । त्यस्तै नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय सोचेजस्तो खेल प्रदर्शन गर्न सफल भएको भन्दै आगमी खेल पनि जित्ने बताए ।

त्यस्तै, युएई र पपुवा न्युगिनी पीएनजीका प्रशिक्षक र कप्तानहरुले पनि अन्तिम सिरिजमा ध्यान केन्द्रीत गरेको बताएका छन् । 

नेपालले बिहीबार पीएनजीसँग, आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ । श्रृंखलाका सबै चार खेल जित्न सके घरेलु टोली नेपाल सोझै विश्वकप छनोटमा पुग्नेछ भने एकदिवसीय मान्यता पनि कायमै रहनेछ ।

यदि नेपाल अङ्कतालिकाको शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटका लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । त्यस्तै लिग–२ मा शीर्ष पाँचमा पर्न नसके नेपालले एकदिवसीय मान्यता जोगाउन प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ । 

नेपालको ३२ खेलमा ३२ र यूएईको ३१ अङ्क छ  र तालिकाको पाँचौ स्थानमा छ । 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्