Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकामा स्थानीय निर्वाचनको नयाँ मिति तोकियो

बिहीबार, फागुन २५, २०७९

कोलम्बो– श्रीलंका निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति तोकेको छ ।  अप्रत्यासितत र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।

 क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रूपमा सरकारी घोषणा भएको जानकारी दिएको छ ।  प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए । तर, सरकारले अपुग रकमको कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।

श्रीलंकाले स्थानीय सरकार निकायहरूको लागि प्रत्येक चार वर्षमा एक पटक चुनाव गर्दछ, र स्थगित स्थानीय चुनाव २०२२ मा हुने तालिका रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्