Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रसंघीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता

बिहीबार, फागुन २५, २०७९

एजेन्सी– राष्ट्रसंघीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीबीचभेटवार्ता भएको छ । उनस्हरूका बीचमा बुधबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको राष्ट्रसंघीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् ।

राष्ट्रसंघीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन् । उनले मंगलबार महासचिव गुटरेस पोल्याण्डमा रहको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए ।  

सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो । 

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार