Nic Ad Nic Ad
Nic Ad Nic Ad
आजको मौसम :

देशका पहाडी भागमा मेघ गर्जनसहित पानी पर्ने

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– आज दिउँसो देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा  हल्का हिमपातको सम्भावना पनि रहेको छ ।  

‘दिउँसो  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ,’ महाशाखाले आज बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘देशका पहाडी भू–भागका एक–दुई स्थानमा  मेघ गर्जन-चट्याङसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’ 

यस्तै, राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

‘राति गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ,’ महाशाखाले भनेको छ, ‘कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।’

बिहीबार पनि काठमाडौँ उपत्यकालगायत केही भागमा अल्का वर्षा भएको थियो ।   
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्