नेभिगेशन
समाज विविध

ठुलाे दुर्घटनाबाट जाेगियाे श्री एअरलाइन्सकाे जहाज

काठमाडौँ- काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एअरलाइन्सको जहाज ठुलाे दुर्घटनाबाट जाेगिएकाे छ ।

बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट ७८ यात्रु बोकेर काठमाडौँबाट ९:३८ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उडेको उडान नम्बर ८२१ को क्यू४०० जहाजको इन्जिनमा आगो देखिएको हो । 

उडेकाे केही समयपछि जहाजकाे इन्जिनमा आगाे देखिएकाे थियाे । विमानकाे दायाँतर्फकाे इन्जिनमा आगाे देखिएपछि चालक दलले काठमाडाैँ टावरलाई जानकारी गराएकाे थियाे । 

जहाजमा आगाे देखिएकाे र काठमाडाैँ फर्काउने तयारी गरेपछि त्रिभुवन विमानस्थलबाट उडान र अवतरण गर्ने जहाजलाई केहीबेर हाेल्ड गरिएकाे नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । 

धादिङकाे आकाशमा पुगेपछि आगाे देखिएपछि जहाज काठमाडाैँ फर्काइएकाे थियाे । जहाज काठमाडाैँ विमानस्थलमा १०:०१ बजे सुरक्षित अवतरण गराइएकाे र जहाजमा रहेका चालक दलका सदस्य तथा यात्रु सबै सकुशल रहेकाे निराैलाले जानकारी दिए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा