Nic Ad Nic Ad
Nic Ad Nic Ad

साना व्यवसायीको साथ लिएर नेपाल बन्द गर्दै दुर्गा प्रसाई

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । 

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरे ।

आन्दोलनका क्रममा हरेक शनिबार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुमबासी, सर्वहारा वर्ग, फुटपाथमा व्यापार गर्नेहरू जम्मा गरी माइतीघर मण्डलाबाट जुलुस ल्याई बानेश्वर चोकमा कोणसभा गर्ने जानकारी दिए । 

यस्तै, चैत १ देखि १९ गतेसम्म हेटौँडा, पोखरा, जनकपुर, वीरगन्ज, दार्चुला, बैतडी, महेन्द्रनगर, इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तवादविरुद्ध आमसभा र कोणसभा गर्ने जानकारी दिए । 

चैत २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरूले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने, केही मान्छेहरू आफ्नै खर्चमा काठमाडौँ आई यो अभियानलाई सफल बनाउने, चैत १ गतेदेखि राष्ट्रव्यापी महाअभियानको गठन गर्नेलगायत विरोध कार्यक्रम सार्वजनिक गरे । 

व्यवसायी प्रसाईंले आफ्नो अभियानका अभियन्ताहरूलाई सरकारले पक्राउ गरेकामा आपत्ति जनाउँदै तत्काल रिहा गर्न माग गरे । 

उनले बेरोजगार युवालाई बिनाधितो ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने, नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीले दोहोरो नागरिकता राख्न पाउनुपर्ने माग पनि राखेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्