सुन र चाँदीको मूल्य घट्यो
काठमाडौँ –नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ ।
छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बुधबार १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलाको १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ ११:४२
प्रतिक्रिया दिनुहोस्