Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिस्टरहुड इन ह्विल्स सम्पन्न

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वुमन्स इन्टरनेशनल मोटर साइकल एशोसियसन, नेपाल र गेट नेपालको संयुक्त आयोजनामा मोटरसाइकल र्‍यालीको आयोजना भएको छ ।

काठमाडौंदेखि ककनीसम्म भएको मोटरसाइकल र्‍यालीमा करिब ७० जना महिला राइडर्सको सहभागिता थियो । नेपाल अटोमोवाइल्स स्पोर्टस् एशोसियसन (नासा), कपुरी ब्रर्दस इन्टरप्राइजेज, कवच गिर्यर, सगरमाथा इन्सुुरेन्स्, मेघा अस्पताल र तारा गाँउ रिसोर्टको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हाृ ।

कार्यक्रमको ट्राभल पार्टनरका रूपमा घुमन्ते र एक्सप्लोर हब नेपाल थिए । कार्यक्रममार्फत् संकलित कोषलाई रसुवा जिल्लाको ग्रे गाँउको आदिवासी तामाङ्ग समुदायको स्थानीय महिलाद्वारा संचालित होम स्टे र दिगो पर्यटनमा प्रयोग गरिने छ । 

‘सिस्टर अन ह्विल्स’ भन्ने नाराका साथ काठमाडाँैको सीतापाइलाबाट सुरु भएको मोटरसाइकल ¥याली ककनीको तारा गाँउ रिसोर्टमा समापन गरिएको थियो । र्‍याली २८ किमिको थियो । र्‍यालीमा विभिन्न क्षेत्रका महिलाहरूले आफ्ना  प्रेरणादायी कथाहरू र बाइक राइडिङ अनुभव प्रस्तुत गरेका थिए । कार्यक्रममा सेफ्टी राइडिङसम्बन्धी अभिमुखीकरण दिइनु का साथै नासा नेपाल र बिमा नेपालका अभियानका बारेमा जानकारी दिइएको थियो । कार्यक्रमको अन्त्यमा स्लो बाइक कम्पिटिसन तथा मोबिलिटि स्कुटरकाबीमा रेस आयोजना गरिएको थियो । 

सोही कार्यक्रमको अवसरमा नासा नेपालको महिला लक्षित अभियान हन्ड्रेड गल्र्स इन मोटरसाइकिलिङ’ सार्वजनिक गरिएको थियो । जस अन्तर्गत १०० जना महिलालाई बाइक रेसिङ, टुरिङसम्बन्धि तालिम प्रदान गर्ने तथा प्रतियोगिता आयोजना गरिने छ । 

  


 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्