Nic Ad Nic Ad
Nic Ad Nic Ad

लाईफब्वाई बन्यो आईसीसी क्रिकेट विश्वकप लिग २ को साझेदार

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ –लाईफब्याई साबुनले आईसीसी क्रिकेट विश्वकप लिग २ को साझेदार (हाईजिन पार्टनर)को रूपमा रहेको छ ।

‘युनिलिभर नेपालको एक चर्चित स्वच्छता ब्रान्ड लाइफब्वाईले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पुरुष क्रिकेट विश्वकप लिग २ प्रतियोगिताको लागि आधिकारिक ‘हाइजिन पार्टनर’को रूपमा आफ्नो संयोजन घोषणा गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपूरमा भइरहेको आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ को लागि ‘हाइजिन पार्टनर’ को रूपमा लाईफब्वाईको संयोजन खेलकुदमा स्वच्छता र सरसफाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका रहने कम्पनीको विश्वास छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लीग २ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजना गरिएको त्रिदेशीय क्रिकेट प्रतियोगिता हो । 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्