नेभिगेशन
अटोमोबाइल्स

अब हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे

काठमाडौँ –भुक्तानी सेवा प्रदायक इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स् डे को रूपमा मनाउने भएको छ । 

अफरअन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम बुझाउँदा २ सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ । 

इन्स्योरेन्स्को प्रिमियम अनलाइनमार्फत भुक्तान गर्नका लागि प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो । 

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । 

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स