राष्ट्रपतीय संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता : कांग्रेस महामन्त्री थापा
काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले राष्ट्रपतिले संविधानको रक्षा र पालनामा अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । संसद् भवनमा राष्ट्रपतिमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा थापाले संस्थाप्रतिको जनविश्वास जोगाउनु अहिलेको आवश्यकता रहेको बताए ।
‘यो निर्वाचनपछि आउने राष्ट्रपतिले कतिपय कुरालाई सच्याउँदै जानुपर्छ । संस्थाप्रतिको जनविश्वास जोगाउनुपर्छ । राष्ट्रपतिले संविधानको रक्षा पालना र आचरणमा ध्यान पु¥याउनुपर्छ । हामीले बनाएको नियम कानुन हो । राष्ट्रपतिलाई दोष दिएर हुँदैन । राजसंस्था छ भन्ने आभाष हुने कार्य भयो । यो क्रमलाई भंग गर्न जरुरी छ’, थापाले भने ।
राष्ट्रपतिको व्यबहारबाटै राजसंस्थाको निरन्तरता छ भन्ने आभाष पनि भएको भन्दै यस क्रमलाई अब भंग गर्नुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९ १३:३५
प्रतिक्रिया दिनुहोस्