नेभिगेशन
समाचार

ओलीलाई गगनको जबाफ– २०८४ पछि सहकार्य हुन सक्ला, अहिलेलाई माफ गर्नुस्

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा ९एमाले० सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य हुने सम्भावना नरहेको बताएका छन् । 
बिहीबार राष्ट्रपति निर्वाचनमा मत हालेर बाहिरिने क्रममामहामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन् ।
सञ्चारकर्मीले सोधेको प्रश्नको जबाफ दिँदै थापाले भने, ‘कांग्रेस–एमाले सहकार्य २०८४ पछि हुन सक्ला । त्योअघि माफ गर्नुहोला ।’
उनले कांग्रेसलाई अवमूल्यन नगर्न पनि ओलीलाई आग्रह गरे । ‘पटक–पटक झुक्याउन सकिँदैन । हामीलाई यति अवमूल्यन नगर्न आग्रह गर्दछु’, उनले भने । 
उनले अहिलेलाई प्रमुख प्रतिपक्षी दलको नेता भेट्न आफूहरू बालकोट जान सक्ने बताए ।
यसअघि राष्ट्रपतिको मतदान गरेपछि एमाले अध्यक्ष ओलीले कांग्रेससँग एमालेको सहकार्य हुन सक्ने बताएका थिए ।
‘राजनीतिमा जे पनि सम्भव छ भन्छन् नि, त्यही हो । एक ठाउँमा नआउने भनेर कसम खाएको छैन’, उनले भनेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार