Nic Ad Nic Ad
Nic Ad Nic Ad

एशियन पेन्ट्सको फागु पुन्ही या भिन्तुना उत्सव

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ–नेपालको पेन्ट बजारमा अग्रणी स्थानमा रहन सफल एशियन पेन्ट्सले काठमाडौं महानगरपालिका –२४ र कुटुम्बा ब्यान्डको सहकार्यमा इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । नेवा संस्कृति र समुदायको उत्थान र प्रदर्शन गर्ने उद्देश्यले सांस्कृतिक ब्यान्ड कुटुम्ब ब्यान्डको सहकार्यमा यस कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण कुटुम्बा ब्यान्डको सांस्कृतिक प्रस्तुति थियो, जसले नेपाली परम्परामा गहिरो जरा गाडिएको नेवा संस्कृतिको सार देखाएको थियो । सांगीतिक प्रस्तुति बाहेक सहभागीहरूले फोटोबुथ र एशियन पेन्ट्स नेपालले राखेको ओपन शावरको पनि मजा लिई होली उत्सवको आनन्द उठाए ।

काठमाडौं महानगरपालिका –२४ र कुटुम्बा ब्यान्डकासँगको यो सहकार्य नेपालको सांस्कृतिक विविधता र सम्पदाको प्रवद्र्धन गर्ने पहल भएको एशियन पेन्ट्सले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:१६
प्रतिक्रिया दिनुहोस्