Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामचन्द्र पाैडेल राष्ट्रपति निर्वाचित

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ- नेपालकाे चाैथाे राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

बिहीबार भएकाे चुनावमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भए ।

पौडेलले नेकपा एमालेका उम्मेदवार सुवास नेवाङलाई पराजित गरेका हुन् । पौडेलले संघीय सांसदको २१४ र प्रदेश सांसदको ३५२ मत पाए । अर्का उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए । 

संघीय संसद र प्रदेशसभा सदस्यले राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए ।

पौडेल कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीका साझा उम्मेदवार हुन् । 

संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।

यद्यपि निर्वाचित भएकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्