Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

बिहीबार, फागुन २५, २०७९

जनकपुरधाम– जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उपराष्ट्रपतिको उम्मेदवार रामसहाय प्रसाद यादवलाई बनाउने भएको छ । यादव बारा–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन । 

बिहीबार बसेको पार्टीको बैठकले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचनमा बनेको ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको छ ।

पार्टीको स्थापनाकालदेखि लागेका यादव पार्टी अध्यक्ष उपेन्द्र यादवका नजिक मानिन्छन । पार्टी बवभाजित हुँदा पनि अध्यक्ष यादवलाई साथ दिएका रामसहाय यादव अहिले पनि अध्यक्ष यादवलाई संसदमा पु¥याउन उपराष्टपतिको पद स्वीकार गरेका छन् । पार्टीको संसदीय दलको नेता समेत रहेका रामसहाय यादव उपराष्टपतिमा निर्वाचित भएपछि बारा–२ को प्रतिनिधि सभा पद खाली हुने र उक्त सिटमा पार्टी अध्यक्ष  यादवले निर्वाचन लड्ने संकेत एक केन्द्रीय सदस्यले गरेका छन्।

अध्यक्ष यादव मंसिर ४ को निर्वाचनम सप्तरी–२ बाट पराजित भएका थिए । 

उपराष्ट्रपतिको चुनाव चैत ३ गतेको लागि तोकिएको छ । 

उपराष्ट्रपति निर्वाचनको लागि फागुन २७ गते शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । 

जसपाको उम्मेदवार उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित हुने सम्भावना पनि उत्तिकै छ । 

नेकपा एमालेले उपराष्ट्रपतिमा उम्मेदवार नदिएको अवस्थामा जसपाको उम्मेदवार निर्विरोध निर्वाचित हुने सम्भावना छ ।  

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्