Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुन्छ : प्रधानमन्त्री दाहाल

बिहीबार, फागुन २५, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुने बताएका छन् ।

बिहीबार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार बिस्तार हुन बताएका हुन् । 

उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए । उनले अबको ध्यान सरकारलाई पूर्णता दिने बताए । 

‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ । तर समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको छ । अब हाम्रो ध्यान सरकारलाई पूर्र्णता दिने हुन्छ । उपराष्ट्रपतिको निर्वाचनपछि सरकार बिस्तार हुन्छ’, प्रधानमन्त्री दाहालले भने ।

राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्