नेभिगेशन
समाचार

प्रधानमन्त्री दाहालद्वारा राष्ट्रपति पौडेललाई बधाई

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री दाहालले आज सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।  

‘राष्ट्रको अभिभावक, संविधानको रक्षक एवं गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै सङ्घीय संसद् र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु’, उनले भनेका छन् । 

नौ दलका तर्फबाट उम्मेदवार रहनुभएका पौडेल आज राष्ट्रपति पदमा निर्वाचित भएका हुन् । आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले ३३ हजार आठ सय दुई  र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार