सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेटेरै दिए बधाई
काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बधाई दिएका छन् ।
उनले राष्ट्रपति पौडेललाई उनकै निवासमा भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।
पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ ०९:५५
प्रतिक्रिया दिनुहोस्