नेभिगेशन
सुरक्षा–अपराध

बागलुङबाट जडीबुटीसहित २ जना पक्राउ

गलकोट– बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जंगली च्याउ र नौ किलो वनलसुनसहित उनीहरूलाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो ।

उनीहरूले  जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध