Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोठमा आगजनी गर्ने १ जना पक्राउ

शुक्रबार, फागुन २६, २०७९

गलकोट– जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।  

यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको सूचना अधिकारी मदन केसीले बताए ।

आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्