जनताको निराशालाई आशामा बदल्छु : नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलबाड गर्नु नहुने बताएका छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बिपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व। विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरेपछि उनले यस्तो बताए ।
राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि बताए । देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थाको जर्गेना गर्न आवश्यक रहेको पनि उनले बताए ।
उनले समावेशी लोकतान्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘देशले सुशासन खोजेको छ । प्रकृतिलाई सम्झेर सुशासनको कुरामा सबैको ध्यान आकर्षित गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा संविधानको दायित्व र जनताले पाएको अधिकारको रक्षा र यसमा कसैले खेलबाड गर्न दिनु हुँदैन ।’
उनले संग्रहालयमा वृक्षरोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरे ।
पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् ।