नेभिगेशन
समाचार

अदालतको अभ्यासविपरीत प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा सो मुद्दाको सुनुवाइ सुरु भएको हो 

यसअघि उक्त रिट दरपीठ गर्ने निर्णय बदर गर्ने आदेश दिएका खतिवडाले सो मुद्दा हेर्न नमिल्ने बताइएको थियो । 

अदालतको अभ्यासअनुसार प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गरेका न्यायाधीशले पछि रिट तथा मुद्दाको विषयवस्तुमा सुनुवाइ नगर्ने चलन छ । 

तर, सो अभ्यासविपरीत खतिवडाले आफँैले सो मुद्दा हेरेका हुन् ।

सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिट दर्ता गर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले आदेश दिएको थियो । 

यसअघि बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार