प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट
बैतडी– सुदूरपश्चिम प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट ६४ खेलाडी छनोट भएका छन् ।
जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीका अनुसार ४ खेलका लागि ४ खेलाडी छनोट भएका हुन् ।
यही फागुन १२ गतेदेखि १४ गते पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट गरिएको हो ।
छनोट भएका खेलाडीलाई केही दिनमा बन्द प्रशिक्षणमा बोलाइनेछ । प्रदेश स्तरीय प्रतियोगिताको मिति भने टुंगो लागेको छैन ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९ १३:२३
प्रतिक्रिया दिनुहोस्