Nic Ad Nic Ad
Nic Ad Nic Ad

उमेर नै नपुग्ने रञ्जितालाई कसरी उम्मेदवार बनाउँछ नाउपाले ?

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा सदस्य समेत रहेकी अध्यक्ष श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मदेवार बनाउने निर्णय गरेको हो ।

तर उनलाई उम्मेदवार बनाउने निर्णय भने हचुवाका भरमा भएको देखिन्छ । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । संसद् सचिवालयले दिएको जानकारी अनुसार रञ्जिता ३९ वर्ष मात्र पूरा गरेकी छिन् । 

गठबन्धनमा भएको सहमतिअनुसार जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नाउपा पनि गठबन्धनमै आबद्ध छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:२५
प्रतिक्रिया दिनुहोस्