नेभिगेशन
समाचार

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ सकियो

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्धको रिटको सुनुवाइ सकिएको छ ।

शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा भएको सुनुवाइ सकिएको हो । आजै आदेश आउने बताइएको छ । 

यसअघि उक्त रिट दरपीठ गर्ने निर्णय बदर गर्ने आदेश दिएका खतिवडाले सो मुद्दा हेर्न नमिल्ने बताइएको थियो ।

अदालतको अभ्यासअनुसार प्रारम्भिक सुनुवाइ गरेर अन्तरिम आदेश जारी गर्ने वा नगर्ने आदेश गरेका न्यायाधीशले पछि रिट तथा मुद्दाको विषयवस्तुमा सुनुवाइ नगर्ने चलन छ ।  तर, सो अभ्यासविपरीत खतिवडाले आफँैले सो मुद्दा हेरेका हुन् ।

यसअघि बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार