Nic Ad Nic Ad
Nic Ad Nic Ad

वडाध्यक्षको तलब स्थानीयलाई

शुक्रबार, फागुन २६, २०७९

कुश्मा– पर्वतको फलेवास नगरपालिका–९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गरेका छन् । 

गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धताअनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरे । 

उनले तलबबापतको १ लाख २४ हजार रुपैयाँ दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम ३ हजारदेखि १० हजारसम्म वितरण गरे । 

‘मैले यसअघि गरेको प्रतिबद्धताअनुसार मेरो सबै तलब वडाबासीमा खर्च गर्नेछु,’ उनले भने, ‘अबका दिनमा पनि राज्यबाट पाउने सबैखाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।’ 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:२६
प्रतिक्रिया दिनुहोस्