Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामचन्द्रलाई गगनकाे सुझाव- राजाजस्ताे राष्ट्रपति हाेइन, नागरिककाे राष्ट्राध्यक्ष बन्नुहाेस्

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिँदै राष्ट्रपति संस्थालाई सम्मानित र मर्यादित बनाउने थालनी गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले निर्वाचित राष्ट्रपति पौडेललाई सडक खाली गराएर नहिँड्न आफ्नो कार्यकालको सुरुआतदेखि नै ध्यान दिन आग्रह गरेका छन् ।

‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन। यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक-राष्ट्राध्यक्षको चाहना हो,' उनले लेखेका छन्, 'रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन, नागरिककाे राष्ट्राध्यक्षको रूपमा हेर्ने हाम्रो इच्छा छ ।’

६ दशक लामो आफ्नो राजनीतिक जीवनको उत्तरार्द्धमा राष्ट्रको सर्वोच्च पदमा पुगेको बधाई दिँदै उनले यो पदलाई पौडेलले न्याय गर्ने र यसको गरिमालाई थप उच्च बनाउनेमा आफू आशावादी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्