Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्री एयरलाइन्सको ग्राउन्डेड फुकुवा

शुक्रबार, फागुन २६, २०७९

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजमाथि लगाएको ग्राउन्डेड फुकुवा गरेको छ । प्राधिकरणका प्राविधिकहरूले श्रीका उडानमा रहेका जहाजको जाँचपड्ताल गरेर उडानका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ ।

भैरहवाको उडानमा जहाजको दायाँ इन्जिनमा आगो लागेको संकेत देखापरेको घटनापछि नियमनकारी निकाय प्राधिकरणले कुनै पनि सेक्टरमा उडान गर्न नपाउने निर्णय गरेको थियो ।

यसैबीच, श्री एयरलाइन्सले प्राधिकरणका विज्ञ टोलीद्वारा आफ्ना कम्पनीका जहाजहरू जाँच तथा अध्ययन गरी पुनः सेवा सञ्चालन गर्न अनुमति दिएको जनाएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्