Nic Ad Nic Ad
Nic Ad Nic Ad

गीतकार सिवाकोटीले ल्याए ‘भिझाएर आँशु’ (भिडियोसहित )

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ –लोकप्रिय गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको ‘भिझाएर आँशु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  यस गीतमा अमेरिकामा बसोबास गर्दै आएका गीतकार कुमार सिवाकोटीको शब्द रहेको छ । यसका गीत गीतकार सिवाकोटी जीवन भोगाइमा आधारित छ । दिपक शर्माले संगीतवद्ध गरेको यस गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन् । 

म्युजिक भिडियोमा कलाकारहरू सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय छ ।  सुजन श्रेष्ठले छायांकन रहेको यस भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।  मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो ।  

भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । 

२०५८ सालदेखि नेपाली संगीतमा सक्रिय गीतकार कुमार सिवाकोटीको शब्दमा हालसम्म लोक, आधुनिक, सेन्टिमेण्टल गरेर १५० बढी गीतहरू सार्वजनिक भइसकेका छन् । अमेरिकामा विभिन्न व्यवसाय गर्दै आइरहेका सिवाकोटी नेपाली भाषा, साहित्य र संगीतलाई निकै माया गर्छन् ।  

गीतकार सिवाकोटीको शब्दमा रहेको ‘जहाँ भए पनि नेपाली बन्न पाइयोस्’ बोलको गीत गायक सिडी विजय अधिकारीले सा रे ग म पा को मन्चमा समेत प्रस्तुत गरेका थिए । 

आगामी दिनमा प्रमोद खरेल, प्रविन बेडवाल, कर्मा ग्याल्चेन बम्जन लगायत थुप्रै चर्चित गायक गायिकाको आवाजमा गीत सार्वजनिक गर्ने तयारी रहेको गीतकार सिवाकोटीले बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २०:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार