नेभिगेशन
अर्थ विविध

१० महिनाको आयात धान्ने अवस्थामा छौं : गभर्नर अधिकारी

काठमाडौँ –नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका छन् ।

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन –२०७९ मा बोल्दै गभर्नर अधिकारीले १० महिनाको आयात धान्ने अवस्थामा पुगेको बताएका हुन् ।

उनले भने, ‘गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब रुपैयाले घाटामा थियो । १० अर्ब डलरभन्दा बढी विदेशी विनियम सञ्चितिका साथ १० महिनाको आयात धान्ने पर्याप्त अवस्थामा पुगेका छौं । नेपाल भित्रिने र बाहिरिने रकमबीचको यो अन्तर माघमा अझै सुधार भएको छ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध