Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीलाई दिए पुटिनले बधाई

शनिबार, फागुन २७, २०७९

बेइजिङ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाई सन्देश पठाएका छन् ।

राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई न्यानो अभिवादनसहित बधाई व्यक्त गरेका छन् ।  

चीनको नेसनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुगेका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तरराष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकालाई पुनः पुष्टि गरेको पुटिनले उल्लेख गरेका छन् । 

रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई थप सुदृढ गर्नका लागि  राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ ।  रुसी राष्ट्रपति  पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले  क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा सीसँगको समन्वयलाई निरन्तरता दिनेपनि बताएका छन् । उनले मित्रवत् चिनियाँ जनताको हितलाई प्रवर्द्धन गर्न राष्ट्रपति सीले नयाँ र ठूलो उपलब्धि हासिल गर्नेछन् भन्ने कामना समेत व्यक्त गरेका छन् । सी तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०५:५४
प्रतिक्रिया दिनुहोस्