Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्यानडामा बेरोजगारी दर ५ प्रतिशत

शनिबार, फागुन २७, २०७९

ओटावा– क्यानडाले फेब्रुअरीमा २२ हजार नयाँ रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ भने बेरोजगारी दर पाँच प्रतिशतको न्यून रेकर्डबाट बढ्न नदिन सफल भएको राष्ट्रिय तथ्यांक एजेन्सीले शुक्रबार भनेको छ।

डिसेम्बर र जनवरीमा दुई ठूलो आकारको आर्थिक वृद्धिपछि रोजगारीमा सामान्य वृद्धि व्यापक रूपमा अपेक्षित थियो, र पछिल्लो छ महिनामा अर्थात् फेब्रुअरीमा सम्ममा समग्र १.८ प्रतिशत (करिब तीन लाख ४८ हजार रोजगारी) का अवसर सिर्जना गरेको छ ।  

यसैबीच, बेरोजगारी दर गत जुन र जुलाईमा देखिएको ४.९ प्रतिशतको उच्च रेकर्डभन्दा डिसेम्बरमा झरेको छ ।

क्यानाडेली तथ्यांक कार्यालयका अनुसार फेब्रुअरीमा स्वास्थ्य सेवा र सामाजिक सहायता १५ हजार, सार्वजनिक प्रशासन १० हजार र उपभोग्य सेवामा सात हजार ५०० रोजगारी बढेको छ । 

यो अवधिमा मानिसहरूले व्यवसाय, भवन र अन्य समर्थन सेवा क्षेत्रहरूमा नयाँ रोजगारीका न्यून अवसर पाएका छन् । 

विशेष गरी, ५५ देखि ६४ वर्ष उमेर समूहका क्यानाडेलीको रोजगारीमा ठूलो वृद्धि देखिएको छ । यो उमेर समूहका १० मध्ये छ जना भन्दा बढी महिलाले यो महिनामा रोजगारी पाएका छन् ।

 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार