Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा स्नातक तहको भर्ना दर घट्यो

शनिबार, फागुन २७, २०७९

न्युयोर्क– संयुक्त राज्य अमेरिकामा लाखौँको सङ्ख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबिसी न्युजले बिहीबार रिपोर्ट गरेको छ ।

‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर ८ प्रतिशतले घटेको छ । 

अमेरिकी श्रम साङ्खिकी ब्युरोका अनुसार सन् २०१८ यता कलेज जाने दरमा आएको गिरावट अहिलेसम्मकै सबैभन्दा ठुलो हो ।    

यसले कलेजबाट लिइने डिग्रीको मूल्यमा थोरै विश्वास गर्ने नयाँ पुस्तालाई सङ्केत गर्न सक्ने अर्थशास्त्रीहरूले विश्वास गरेका छन् । 

धेरै विद्यार्थीहरू उच्च ट्युसन र कलेज जाँदा विद्यार्थी ऋणको सम्भावनाबाट विचलित भएको रिपोर्टमा बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार