Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपराष्ट्रपतिबारे निर्णय लिन नौदलीय गठबन्धनको बैठक बस्दै

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– उपराष्ट्रपतिबारे निर्णय गर्न नौदलीय गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठक बिहान साढे ८ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

शीर्ष नेतासहित कार्यदलको बैठकले उपराष्ट्रपति पदको उम्मेदवारको टुंगो लगाउने बालुवाटारनिकट स्रोतले जनाएको छ ।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज मनोनयन दर्ताको तालिका छ । 

तर, नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वालाका अनुसार निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन नै अलमलमा छ ।

उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसका उपभापति पूर्णबहादुर खड्का नेतृत्वको संयन्त्रको बैठक शुक्रबार बसेको थियो ।

तर, शीर्ष नेताहरू सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरूलाई धन्यवाद दिएर बैठक सकिएको थियो ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:०१
प्रतिक्रिया दिनुहोस्