Nic Ad Nic Ad
Nic Ad Nic Ad

उपराष्ट्रपतिको उम्मेदवार छान्न एमालेको बैठक बस्दै 

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– नेकपा (एमाले)ले सचिवालय बैठक आज बिहान साढे ९ बजे बस्दैछ ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ । आजै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ ।

मनोनयन दर्ता बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि तोकिएको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०७:५९
प्रतिक्रिया दिनुहोस्