Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमल थापाको जोड– उपराष्ट्रपति त महिला नै हुनुपर्छ

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले उपराष्ट्रपति महिला हुनुपर्नेमा जोड दिएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत यस्तो जोड दिएका हुन् ।

राष्ट्रपति पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्ने उनको भनाइ छ ।

संविधानको छिद्र खोजेर उपराष्ट्रपति पनि पुरुष बनाउन खोजिएको भन्दै अध्यक्ष थापाले आपत्ति जनाएका छन् ।

‘संविधानको छिद्र खोजेर अहिले जे जस्तो व्याख्या गरिए पनि संविधान निर्माण गर्दा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गको हुने सर्वसम्मत निर्णय, मान्यता र सोचाई हो । गलत परम्परा नबसालौँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रपति पुरुष निर्वाचित भइसकेको अवस्थामा उपराष्ट्रपति महिला हुनुपर्छ ।महिलाको अधिकार नखोसियोस् !’

थापा कुनै बेला कट्टर राजसंस्थावादी थिए । पूर्वराजा ज्ञानेन्द्र आफूविरुद्ध लागेको भन्दै गणतन्त्रको वकालत गर्न थालेका थिए ।

फेरि पछिल्लोपटक राजसंस्थाप्रति नरम भइरहेका बेला उपराष्ट्रपति निर्वाचनबारे धारणा राखेका छन् ।

उपराष्ट्रपतिको मनोनयन दर्ता गर्न आजको समय तोकिएको छ । अहिले यतिबेला दलहरू उम्मेदवार छान्न जुटिरहेका छन् ।  
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ०९:०६
प्रतिक्रिया दिनुहोस्