नेभिगेशन
समाचार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

उपराष्ट्रपतिबारे निर्णय लिइने

काठमाडौँ– उपराष्ट्रपतिबारे निर्णय गर्न अहिले नौदलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

शीर्ष नेतासहित कार्यदलको बैठकले उपराष्ट्रपति पदको उम्मेदवारको टुंगो लगाउने बालुवाटारनिकट स्रोतले जनाएको छ ।

बैठकको अध्यक्षता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिरहेका छन् । 

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज मनोनयन दर्ताको तालिका छ । 

तर, निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन नै अलमलमा छ ।

उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसका उपभापति पूर्णबहादुर खड्का नेतृत्वको संयन्त्रको बैठक शुक्रबार बसेको थियो ।

तर, शीर्ष नेताहरू सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरुको बैठक राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरूलाई धन्यवाद दिएर बैठक सकिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार