Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ ।

जसपाले प्रतिनिधिसभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ । 

त्यसैगरी सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले केन्द्रीय सदस्य ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको छ ।
 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  ११:३५
प्रतिक्रिया दिनुहोस्