नेभिगेशन
समाचार

लोकतन्त्र बचाउन आफ्नो उम्मेदवारी : अष्टलक्ष्मी

काठमाडौँ –उपराष्ट्रपति पदका उम्मेदवार तथा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएकी छन् ।

उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उम्मेदवार शाक्यले लोकतन्त्र बचाउन आफूले उम्मेदवारी दिएको बताइन् ।

उनले भनिन्, ‘लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी छ । लोकतन्त्रमा हामी विश्वास गर्ने भएकाले सबैको सहयोग रहनेछ ।’

एमाले उपाध्यक्ष शाक्यले शनिवार संसद भवनस्थित उपराष्ट्रपतिको लागि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदै छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार