नेभिगेशन
विश्व

ली बने चीनका नयाँ प्रधानमन्त्री

काठमाडौँ- ली चियाङ चीनका नयाँ प्रधानमन्त्री बनेका छन् ।

चिनियाँ संसद् जनकंग्रेसले उनलाई हालै नयाँ प्रधानमन्त्री चुनेको हो । 

ली राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिन्छन् ।

राष्ट्रपति सी आफैँले लीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

६३ वर्षीय ली व्यवसायीको हितमा काम गर्ने राजनीतिज्ञका रूपमा चिनिन्छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन