नेभिगेशन
समाचार

पहिलो राष्ट्रपति निर्वाचन स्मरण गर्दै ओलीले भने– रामवरणलाई हामीले समर्थन गरेका हौँ

काठमाडौँ– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन् । 

एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरूको प्रस्तावमा नै निर्वाचित गराएको स्मरण गरे ।

उनले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार