राष्ट्रपति भण्डारीको कार्यकाल आज सकिँदै
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदै छ । उनको पाँच वर्षे कार्यकाल आज सकिन लागेको हो ।
कार्यकाल सकिएपछि राष्ट्रपति भण्डारी आजै शितल निवासबाट बूढानिलकण्ठस्थित निजी निवासमा सर्ने तयारीमा रहेको बताइएको छ ।
भण्डारी २०७४ साल फागुन २९ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
त्यसअघि, भण्डारीले २०७२ कात्तिक ११ गतेदेखि राष्ट्रपतिको पहिलो कार्यकाल बिताएकी थिइन् ।
भण्डारी नेकपा (एमाले) पृष्ठभूमिबाट राष्ट्रपति निर्वाचित भएकी थिइन् ।
नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण सोमबार हुँदैछ ।
तर, प्रधानन्यायाधीश पद हाल रिक्त छ । यसर्थ, पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपतिको शपथ खुवाउने कार्यक्रम छ ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९ ०७:४२
प्रतिक्रिया दिनुहोस्