नेभिगेशन
समाचार

उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौँ– उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । उम्मेदवारबिरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । 

यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो ।  नौदलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो । 

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीनजना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार