Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालगन्ज नगर क्षेत्रको नाला सफा गरिँदै

आइतबार, फागुन २८, २०७९

नेपालगन्ज– नेपालगन्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठुला सबै नाला सफाइ गर्न थालेको छ ।

samridhi jewllers

पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठुला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाइको काम थालिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताए । 

‘बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ,’ उनले भने ।

भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाइको नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्माले जानकारी लिएका छन् ।

नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताए ।

‘सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखेका छौँ, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ,’ विष्टले भने । 

उनले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भए पनि सहज रूपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको जनाए । 

नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिँदै उनले कतिपय ठाउँमा जेसिबी प्रयोग गर्न सकिने अवस्था नरहेकाले कतिपय ठाउँमा मान्छे नै लगाएर सफाइ गरिरहेको बताए ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १०:४१
प्रतिक्रिया दिनुहोस्