नेभिगेशन
समाज विविध

ओखलढुंगाबाट काठमाडाैँ आउँदै गरेकाे बस दुर्घटना हुँदा ५ जनाकाे मृत्यु

काठमाडाैँ- ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौँका लागि छुटेको बा२ख ६५९६ नम्बरको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

२ महिला, २ पुरुष र १ बालकको मृत्यु भएको पुष्टि भएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिका अनुसार भित्तामा ठाेक्किएर बस दुर्घटना भएकाे हाे । 

बसमा रहेका अन्य २५ यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेमध्ये ५ जना गम्भीर भएका छन् । उनीहरूलाई हेलिकाेप्टरबाट काठमाडाैँ ल्याउने तयारी भइरहेकाे सिन्धुली प्रहरीले जनाएकाे छ ।

अन्य घाइतेकाे खुर्काेट अस्पतालमा उपचारका लागि पठाइएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध