Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुर्सी ठूलो होइन, कुर्सीमा बस्नेले गर्ने काम ठूलो हो : मन्त्री किराती 

आइतबार, फागुन २८, २०७९

सर्लाही– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कुर्सी ठूलो नभई कुर्सीमा बस्नेले गर्ने काम ठूलो हुनुपर्ने बताएका छन् । 

‘फोनिजको अभियान, सञ्चारमा पहिचान’ भन्ने मूल नाराका साथ आज आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घले सर्लाहीको हरिवनमा आयोजना गरेको नीति तथा विधान कार्यक्रममा उनले भने, ‘अब परिवर्तन र परिणाम आउने काम हामीले गर्नुपर्छ, जुन काम सर्वसाधारण जनताले सजिलोसँग बुझ्नै पर्छ ।’ 

उनले मन्त्रालय जनताको हो भन्दै जनतासँग सहकार्य गर्न आफू तयार रहेको बताए । जनताको प्रगति नै मुलुकको उन्नति हो भन्दै उनले त्यसका लागि पर्यटन व्यवसाय पहिलो सर्त भएको बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १८:४३
प्रतिक्रिया दिनुहोस्