Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो रहने छ आजको दिन

सोमबार, फागुन २९, २०७९

आज सोमबार २०७९ फागुन २९ गते, १३ मार्च २०२३ । चैत्र कृष्णपक्ष षष्ठी तिथि, १८ः३७ बजेदेखि सप्तमी । अनुराधा नक्षत्र । चन्द्रराशि– वृश्चिक ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । पहिलेका समस्या सच्याउने अवसर भने प्राप्त हुनेछ । केही काम दोहोर्याउनुपर्ने स्थिति आए पनि प्रयत्न गर्दा सहयोगीहरूको साथ प्राप्त हुनेछ । काम पूर्ण नभए पनि अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउला । शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ । सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ । व्यापारमा सामान्य फाइदा भइरहनेछ । सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि अलि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन् । तापनि मिहिनेत गर्दा नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ । भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । परिस्थितिले नयाँ कर्मतर्फ अग्रसर गराउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ । समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान् । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । पढाइलेखाइमा त्यति समय दिन नसकिएला । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय छ, सजग रहनुपर्ला । लगनशील बन्नेहरूलाई दिगो फाइदा हुन सक्छ । पहिले टाढिएका आफन्त भने नजिकिएलान् । तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ । पारिवारिक मतभेदले कामका बाधा पुर्याउन सक्छ । महत्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउन सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि भेटघाटले अलमल्याउन सक्छ । पहिरन र खानपानले केही खर्च पनि बढाउला। प्रयत्न गर्दा काम भने बनाउन सकिनेछ । अध्ययनमा प्रगति हुनेछ। सामाजिक दायित्व बढ्नेछ । खानपानको असावधानीले स्वास्थ्यमा बाधा हुन सक्छ । पदासीन व्यक्तिहरूले केही अवरोध गर्न सक्छन् । तापनि पहिलेको उपलब्धिले नयाँ अवसर दिलाउन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पछिका लागि केही वस्तु त्याग्नुपर्ला । खर्चिलो काममा लगानी गर्नुपर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । तर, विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा उठाउन नसकिएला । कर्जामार्फत रकम जुट्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । खर्च लागे पनि लगानीको अवसर आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले काम लिन नसक्दा केही पछि परिनेछ । समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । इष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । सानातिना काममै अल्झनुपर्ने समय छ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ । दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पहिलेका कमजोरीले केही समस्या उब्जाए पनि सोचेको काम सम्पादन गर्न सकिनेछ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम सम्पादन गर्न सकिनेछ । अप्ठ्यारा परिस्थितिमा पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ ।
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०६:०९
प्रतिक्रिया दिनुहोस्