Nic Ad Nic Ad
Nic Ad Nic Ad

पहाडी भू–भागमा वर्षाको सम्भावना

सोमबार, फागुन २९, २०७९

काठमाडौं –देशका केही भागमा सोमबार वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।  
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान देशको पहाडी भू–भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखी सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।  देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।  
विभागका अनुसार सोमबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्