Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी विश्वकप लिग–२ : पीएनजीविरुद्ध नेपालले रोज्यो बलिङ

सोमबार, फागुन २९, २०७९

काठमाडौं–आईसीसी विश्वकप लिग–२ अन्तर्गतको घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेयलले टस जितेर पहिले बलिङ रोजेका हुन् । 

सिरिजको २ खेलमा सहज जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको नेपाललाई आजको खेलमा सहज जित निकाल्ने मौका छ । 

खेलमा सहज जित निकाल्न सकेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावनालाई कायम राख्नेछ । त्यसपछि नेपाललाई सिरिजको अन्तिम खेल जिते पुग्नेछ । 

लिग–२ मा नेपाल ३४ खेलमा ३६ अंक जोडेर चौथो स्थानमा छ । पीएनजीले ३४ खेलमा ११ अंक जोडेर अंक तालिकाको पुछारमा छ । नेपालले विश्वकप लिग–२ को अन्तिम खेलमा मार्च चैत २ मा यूएईसँग खेल्नेछ ।

पछिल्ला १० खेलमा नेपालले ९ वटामा जित हासिल गरेको छ । सोमबारको खेलमा पनि जित निकाल्दै विश्वकप क्वालिफायर खेल्ने सम्भावना कायमै राख्न चाहन्छ । 

लिग २ को अन्तिम सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । आइतबार भएको खेलमा नेपालले यूएईविरुद्ध १७७ रनको जित निकाल्दै एकदिवसीय मान्यता जोगाएको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्