Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईसीसी विश्वकप लिग–२ : नेपालले ९५ रनमै पीएनजीलाई गर्‍यो अल आउट

सोमबार, फागुन २९, २०७९

 

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृङ्खलामा पपुवा न्यूगिनी (पिएनजी)ले नेपाललाई ९६ रनको झिनो लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर पहिला ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रन बनाएर अलआउट भएको छ ।

पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने घातक बलिङ गर्दै ५ विकेट लिए । सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे ।

ललित राजवंशीले २ विकेट लिए । उनले ७ ओभरमा १ मेडन राख्दै १३ रन दिए । कुशल मल्लले २ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्